काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमा)का प्रमुख सचेतक विशाल भट्टराईले आगामी निर्वाचनमा सबै दल मिलेपनि एमालेले ३९ सिट जित्ने दावी गरेका छन् । प्रमुख सचेतक भट्टराईले एमाले एक्लैले ३९ सिट जित्ने दावी गरे ।
बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले भने, ‘१६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्याङ्क अध्यक्षलाई बुझाएका छौं । बाँकी ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुन्छ ।’
प्रमुख सचेतक भट्टराईले उम्मेदवार चयन, पार्टीभित्रको एकता र चुनावी माहोल राम्रो बनाउन सक्दा ती ७० क्षेत्रमा पनि एमालेले जित्ने बताए । एमालेले ५ सिट जित्छ भन्नेहरुले स्थानीय चुनावको नतिजा बिर्सेको उनले बताए ।




