समाचार

बर्दिबासमा आगलागी, क्षति विवरण आउन बाँकी

काठमाडौं । महोत्तरीको बर्दिबासमा आगलागी भएको छ । बारुणयन्त्र र सुरक्षाकर्मीकाे टाेलीले आगो नियन्त्रणकाे प्रयास गरिरहेकाे छ । आगलागीको कारण पत्ता लागेकाे छैन ।

सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएकाे प्रत्यक्षदर्शीहरूकाे भनाइ छ । 

आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन सकेको छैन । 

आगलागीग्रस्त क्षेत्रमा एसबीआई बैंक पनि सँगै रहेको छ भने सोही घरमा रहेको सिदार्थ बैंकमा कुनै क्षति नभएको सुरक्षाकर्मीहरूले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *