देश

कालोधन्दा गर्ने कल सेन्टरका मुख्य अभियुक्तमाथि ठगी मुद्दा दर्ता

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकीनगरमा सञ्चालित कल सेन्टरका मुख्य अभियुक्तमाथि प्रहरीले ठगी मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ ।

साउन ८ गते जानकीनगरस्थित ब्लु स्काई बिजनेस सोलुसन नामक कम्पनीमा विद्युतीय अपराध भइरहेको सूचनाको पाएपछि प्रहरीले छापा मारेको थियो । तीन वटा कोठा भाडामा लिएर विभिन्न सामाजिक सञ्जाल र एप्सहरु मार्फत विभिन्न व्यक्तिहरूलाई म्यासेज गरी बैङ्क लोन अफर गर्ने, प्रलोभन देखाउने, धम्की हैरानी दिने र अश्लील सामग्रीहरु समेत पठाई ठगी गर्ने गरेका थिए ।

त्यहाँ काम गर्ने ११५ जना पुरुष र ९८ जना महिला कर्मचारी समेत २१३ जनालाई निगरानीमा राखी मुख्य भूमिकामा रहेका २ जनामाथि ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताए ।

ठगिको मुद्धा दर्ताहुनेहरुमा दाङ घोराही उपमहानगरपालिका वडा नं. १३ का ४० वर्षीय हिमाल बाठामगर र भारत विहार प्रदेश गायविद्या पञ्चायत मचारीका २५ वर्षीय जिसाद दवाङ्गे (निरञ्जन कुमार) लाई पक्राउ गरी ठगी मुद्दा दर्ता गरिएको उनले बताए । यसका साथै प्रहरीले कम्प्युटर लगायत अन्य उपकरणहरू बरामद गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

बरामद भएका उपकरणका बारेमा प्रहरीले अनुसन्धानका लागि सीआईबीको टोलीले बुटवलमा बुझाउन आग्रहसमेत गरेको छ । बरामद भएका समानसहित सिआइबीको टोलीलाई बृटवल बोलाइको प्रहरी नायव उपरिक्षक केसीको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *