काठमाडौं । भारतको राष्ट्रपतिमा गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मु विजयी भएकी छिन् ।
सोमबार सम्पन्न राष्ट्रपतीय निर्वाचन अन्तर्गत मतगणनाको तेस्रो चरणको मतपरिणाम आएसँगै द्रौपदी विजयी भएकी हुन् ।
सत्तारुढ भाजपा नेतृत्वको एनडीएका तर्फबाट उम्मेदवार बनेकी मुर्मुले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार तेस्रो चरणको मतगणना सकिँदासम्म मुर्मुले जितका लागि आवश्यक ५० प्रतिशत मत ल्याइसकेकी छन् ।
गणना गरिएको ३ हजार २ सय १९ मतमध्ये मुर्मले २१६१ मत प्राप्त गरेकी छिन् भने सिन्हाले १०५८ मत प्राप्त गरेका छन् ।




