देश

नारायणकाजीको प्रस्तावः बामपन्थी शक्तिबिच तालमेल गरौं

काठमाडौं।नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बामपन्थी शक्तिहरु बिच तालमेलको प्रस्ताव गरेका छन ।

काठमाडौंमा आयोजित एक बिचार गोष्ठीलाई सम्वोधन गर्दै श्रेष्ठले बामपन्थी शक्तिहरु बिच बिभाजन हुदाँ मुलुकको राष्ट्रियता कमजोर हुने भएको भन्दै बामपन्थी शक्ति बिच तालमेलको प्रस्ताव गरेका हुन ।

‘बामपन्थी शक्तिहरु दुई तिहाईमा छन तर अहिले एक अर्कालाई सिध्याउने तल पार्ने कार्यमा लागिरहेका छन, तुम शेर तो हम सवा शेर भन्ने प्रतिस्पर्धा अझै छ,’ श्रेष्ठले भने, ‘तर यस्तो प्रवृतिले मुलुकको राष्ट्रियता र सार्वभौमसत्तालाई जोगाउन सक्दैन, बामपन्थी शक्तिहरु एक हुनुपर्छ, बामपन्थीहरु बिच तालमेल र मोर्चा गर्न जरुरी छ ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिभाजन गरेकोमा आत्माआलोचना गर्दै श्रेष्ठले भने, ‘म बामपन्थी शक्तिहरु बिचको तालमेलका लागि आग्रह गर्दछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *