काठमाडौँ । नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्यमा मनोनित एम अधिकारी राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारी भएको स्पस्टीकरण दिएको छ ।
चौतर्फी आलोचना भएपछि बुधबार गर्भनर अधिकारीले एमालेलाई स्पष्ट पारिदिन पत्र लेखेका थिए । त्यसको जवाफ दिँदै एमालेले खोटाङका एम अधिकारी राष्ट्र बैङ्कका गर्भनर नभएको बताएको हो । ‘पार्टीको केन्द्रीय विभाग गठन गर्दा अर्थ सथा योजना बिभागमा उल्लेखित एम. अधिकारी, खोटाङ नाम सदस्यको रुपमा उन्लेखित भएकोमा समाजिक सञ्जाल, सञ्चारमाध्यम समेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैकको गभर्नर हो भनी भ्रम सिर्जगा हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ ।
’ एमाले कार्यालय सचिव डा. भिष्म अधिकारीले भनेका छन् , ‘हाम्रो कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने बैधानिक व्यवस्था छैन । तसर्थ, उत्त विभागमा उल्लेखित एम. अधिकारी खोटाङ भनी उल्लेखित व्यक्ति तपाईं राष्ट्र बैँकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु ।’




