समाचार

‘संघीयता खारेज’काे तर्क फेरि निरंकुश राजतन्त्रतर्फको यात्रा -प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता खारेज हुनुपर्छ भन्ने तर्क निरंकुश राजतन्त्रतर्फको यात्रा भएको बताएका छन्।

ललितपुरमा आयोजित नीति संवाद कार्यक्रममा प्रचण्डले अहिले संघीयता खारेज गर्नुपर्छ भन्ने निकै ठुलो बहस चलिरहेको भन्दै उक्त कदम निरंकुश राजतन्त्रतर्फको यात्रा भएको बताएका हुन् । संघीयतालाई खारेजी नभइ व्यवस्थित र मजबुद बनाउनु पर्नेमा उनको जोड थियो ।

‘अहिले त्यहाँ ठुलो डिबेट चलिरहेको छ। नयाँ ऐन बनाउन एक थरी पार्टीलाई फलामको चिउरा चपाउन सरी भएको छ। के गरी रोक्ने होला गाउँमा जाने अधिकार। तपाइले सुन्नुभएको होला केही नेताहरु संघीयता खारेज गर्नुपर्छ भन्नुभएको छ ।

त्यो भनेको निरकुशं राजतन्त्रकै दिशामा फेरी जाने भन्ने हो’ उनले भने, ‘अझ मजबुत बनाउनुपर्यो प्रदेश र स्थानीय तहलाई। विकासको एउटा नयाँ समाजवादी मोडल बनाउनुपर्यो भन्नेमा हाम्रो जोड छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *