समाचार

यी जिल्लामा बाढीको जोखिम, सर्तक रहन आग्रह

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव छ । जसका कारण देशभर हल्कादेखि भारी बर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्

जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रबार) महाकाली नदीको बहाव उल्लेख्य बढ्ने जनाएको छ । महाशाखाले महाकाली नदीको बहाव सतर्कताको आसपास पुग्न सक्ने र अन्य प्रमुख नदीहरूको भने आगामी तीन दिनसम्म सतर्कताको तह भन्दा तलै रहने पूर्वानुमान गरेको छ ।

यस्तै, पाँचथर, ताप्लेजुङ, संखुवासभा, ओखलढुङ्ग, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, गुल्मी, बागलुङ, सुर्खेत, दैलेख, अछाम, बाजुरा, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव (फ्लास फ्लोड) समेत हुन सक्ने पूर्वानुमान रहेको भन्दै महाशाखाले तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *