समाचार

अखिल क्रान्तिकारीको विवाद समाधान गर्न विशेष समिति गठन गर्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)काे विवाद समाधानका लागि विशेष समिति गठन हुने भएको छ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी माओवादीको केन्द्रीय समिति बैठकमा बाेल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीको विवाद समाधान गराउन विशेष समिति गठन गर्ने घोषणा गरेका हुन् ।

उक्त विशेष समिति बहालवाला नेतृत्वभन्दा बाहिर रहेका नेताको नेतृत्वमा गठन हुने र समितिले दिने रिपोर्टको आधारमा पार्टीले थप कदम चाल्ने प्रचण्डले बताएका छन् ।

हाल अखिल क्रान्तिकारी विभाजन भएको छ । अध्यक्ष पञ्चा सिंहले संगठनमा एकलौटी गरेको भन्दै उपाध्यक्ष पवन कार्कीको नेतृत्वमा अलग्गै समानान्तर समिति घोषणा भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *