समाचार

मन्त्रीबाट फिर्ता बोलाएको जानकारी मलाई छैन : मन्त्री यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका नेता यादवले भने, ‘पार्टीले कतिखेर निर्णय गर्‍यो, कतिखेर कसलाई पठायो, कसलाई फिर्ता बोलायो, त्यसको बारेमा आफूलाई कुनै जानकारी छैन । ‘

उनले यस विषयमा पार्टीमा छलफल भएपछि थप कुरा बताउने बताए । मन्त्री यादव जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई निकट मानिन्छन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *