समाचार

प्रस्तावित विमानस्थल निरीक्षण गर्न गठबन्धनका शीर्ष नेताहरु निजगढमा

बारा । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु बाराको निजगढ पुगेका छन् । प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनका लागि शीर्ष नेताहरु निजगढ पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

‘गठबन्धनका शीर्ष नेताहरू आज निजगढ पुग्नु भएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सरकारी निणर्यमा अदालतले अंकुश लगाएको केही दिनमै शीर्ष नेताहरू स्थलगत अध्ययनका लागि निजगढ पुग्नु भएको हो,’ मल्लले फेसबुकमा लेखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायतको टोली निजगढ पुगेको हो ।

गत मंगलबार निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसलाको पूणर्पाठ सार्वजनिक भएको थियो । फैसलामा सर्तसहित वातावरणीय क्षति न्यून हुने गरी उपयुक्त स्थानमा विमानस्थल निर्माणकार्य अगाडि बढाउन भनिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *