देश

दुई तिहाईको नेकपा सरकार माछो-माछो भ्यागुतो भयो : झलनाथ खनाल

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संसदलाई जनताको आवाज घन्काउने थलोको रूपमा विकास गरिनु पर्ने बताएका छन् ।

उनले सुखी नेपाली समृद्ध नेपाल भनेको के हो, वैज्ञानिक समाजवाद भनेको के हो ? त्यसबारेमा कुरा गर्नेहरूलाई बोलाएर बहस गराउन पुर्व सांसद मञ्चलाई बहस गराउन आग्रह गरे ।

६४ औं संसद दिवसका अवसरमा पूर्व सांसद मञ्च नेपालले आज (बिहीबार) नयाँ बानेश्वरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले कुनै नेतालाई झ्वाँक चलेकै कारण संसद विघटन हुन नहुने बताए । उनले जनताको आवाज उठाउनु पर्ने थलोको रूपमा रहेको संसद राजनीति दलले नै अवरुद्ध गरेर जनताका आवाज कमजोर बनाउने गरेको बताए । उनले संसदप्रति राजनीतिक दल तथा नेता सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

उनले संसारका धेरै संसद भन्दा नेपालको संसद प्रगतिशील हुँदै गएको बताए । नेपालको संसदमा ३३ प्रतिशत महिला सहभागिता रहेकोले अन्य देशको संसद भन्दा नेपालको संसद परिपक्व बन्दै गरेको बताए । नेता खनालले दुई तिहाईको नेकपाको सरकार बनेपछि भूमिसुधार नीति लागू होला, कृषि क्रान्ति होला, उद्योगहरू स्थापना होला भन्दा माछो माछो भ्यागुतो भएको गुनासो समेत गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *