समाचार

प्रचण्डले आज ललितपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिंदै

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बिहीबार) ललितपुरका निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएका छन् ।

माओवादी केन्द्रका तर्फबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई आज ११ बजे प्रशिक्षण दिने कार्यक्रम तय भएको हो । बिहीबार लगनखेलस्थित साझा पार्टी प्यालेसमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको माओवादीले जनाएको छ । माओवादीले यसअघि देशभरका निर्वाचित जनप्रतिनिधिलाई राजधानी बोलाएर प्रशिक्षण दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *