समाचार

डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाले दोस्रो संविधानसभा सदस्य डा. डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले सभामुख अग्निप्रसाद सापकोटाको प्रस्तावमा शोक प्रस्ताव बहुमतले पारित गरेको हो । साथै बैठकले झाको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारप्रति समवेदना प्रकट पनि गरेको छ । बैठकमा उनकाे निधनप्रति माैन धारण पनि गरिएकाे थियाे ।  

क्यान्सर रोगबाट पीडित झाको ४४ वर्षको उमेरमा उपचारका क्रममा १० वैशाख २०७९ मा निधन भएको थियो । 

प्रतिनिधिसभाको अर्काे बैठक १८ जेठ बुधबार बिहान ११ बजे बस्नेछ । 
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *