समाचार

प्रेस युनियनको समानान्तर भेला सुरु

काठमाडौं । पटक पटक महाधिवेसनको मिति सारेका भन्दै प्रेस युनियन आवद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानन्तर भेला सुरु गरेका छन ।

पुर्व निर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेसन तीन महिना पछि अर्थात १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानन्तर भेला आयोजना गरेका हुन् ।

काठमाडौंस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्त भित्र महाधिवेन गर्ने बारेमा छलफल गर्ने सचिव नकुल अर्यालले जानकारी दिएका छन् । ‘बिगत ८ बर्ष देखी युनियनको महाधिवेन हुन सकेको छैन, आजै उदघाटन गर्नुपर्ने अधिवेसन सारेर भदौं १३–१४ पुर्‍याईएको छ,’ अर्यालले भने, ‘महाधिवेसन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रिय सदस्यहरुको भेलाले महाधिवेसनको मिति तय गर्नेछ ।’ उक्त भेलामा बरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, सचिव सलोजा दाहाल, खिला कार्की र केन्द्रिय सल्लाहकार शिव लम्साललगायत पुर्व अध्यक्षहरुको भेला हुदैँछ ।

प्रेस युनियन स्थापना दिवसको अवसरमा आयोजित भेलालाई पुर्व अध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाउँदै देशैभरीवाट जिल्ला अध्यक्षहरु काठमाडौं आएका छन । सो भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा इत्तरका समर्थक पत्रकारहरुको सहभागीता रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *