स्थानीय तह निर्वाचन-२०७९

रौतहटका दुई नगर पालिका प्रमुखमा महिला निर्वाचित

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा रौतहटका दुईवटा पालिकामा महिला उम्मेदवारहरू नगर प्रमुख पदमा निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा एक जना मात्र महिला प्रमुख रहेको जिल्लामा यसपटक दुई जना प्रमुख निर्वाचित भएका हुन । 

मौलापुर नगरपालिकामा दोस्रो कार्यकालको लागि रिनाकुमारी साह नगर प्रमुखमा निर्वाचित हुँदा ईशनाथ नगरपालिकामा कौशल्या देवी नगर प्रमुखमा निर्वाचित भएकी छन् । 

दुई महिला नगर प्रमुखमध्ये मौलापुरकी साह नेकपा एमालेबाट निर्वाचित भएकी हुन् भने ईशनाथकी कौशल्या देवी भने लोसपा नेपालबाट नगर प्रमुखमा निर्वाचित भइन् । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *