स्थानीय तह निर्वाचन-२०७९

कांग्रेसको भागमा परेको उपमहानगर एमालेले खोस्यो

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट हुँदा वाराको कलैया उपमहानगरपालिका नेपाली कांग्रेसको भागमा परेको थियो । तर, उक्त उपमहानगर नेकपा एमालेले खोसेको छ ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका राजेश राय यादव मेयरका उम्मेदवार थिए । उनलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विनोदप्रसाद साह निर्वाचित भए ।

निर्वाचित साहले २४ हजार १३९ मत प्राप्त गर्दा पराजित यादवले १८ हजार ५४० मात्र प्राप्त गरे । साह ५ हजार ५९९ मत अन्तरले विजयी भएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *