काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । तर, दोस्रो स्थानमा रहँदै आएका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई गठबन्धनका साझा उम्मेदवार नेपाली काग्रेसका सिर्जना श्रेष्ठले पछि पारेका छन् ।
शनिबार दिउँसो २ बजेको मतपरिणामअनुसार स्थापितलाई उछिनेर सिर्जनाले अग्रता लिएकी हुन् । एमालेका उम्मेदवार स्थापितले १७ हजार ६७८ मत पाउँदा सिर्जनाले १७ हजार ७०२ मत पाएका छन् । सिर्जनाले २४ मतले अग्रता बनाएकी हुन् ।
यस्तै, सुरुदेखि नै अग्रता कायमै गर्दै आएका बालेन साहले ३२ हजार ९७८ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनामा समावेश वडाहरुमा १ देखि १० र २४ देखि ३२ नम्बर सम्मका रहेका छन् । यस्तै हालसम्म परिणाम घोषणा भएका वडाहरुमा १ देखि ६ तथा ८, २८ र २९ नम्बर रहेका छन् ।




