काठमाडौं । काठमाडौं महानगरपालिकाको नेकपा एमालेका उपमेयर उम्मेदवार सुनिता डंगोलले विशाल अग्रता बनाएका छन् । सुनिताले आफ्ना प्रतिस्पर्धीभन्दा २१ हजार बढीको मतान्तर बनाएका छन् ।
शनिबार दिउँसो २ बजेको निर्वाचन अधिकृतको कार्यालयको अपडेटअनुसार सुनिताले ३२ हजार ६१५ मत पाएका छन् । यस्तै गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार २७३ मत पाएका छन् । सुनिता र रामेश्वरबीचको मतान्तर २१ हजार ३४२ मत रहेको छ ।
यस्तै राप्रपाका उपमेयरका उम्मेदवार विनिता मगैयाले ५ हजार ८२० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।




