स्थानीय तह निर्वाचन-२०७९

मोरङको बूढीगङ्गामा काँग्रेसको जित

विराटनगर । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको बूढीगङ्गा गाउँपालिकाको अन्तिम मत परिणाम आज सार्वजनिक भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार अध्यक्ष पदमा नेपाली काँग्रेसका जीतनारायण थापा मगरले आठ हजार २९९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बलभद्र सरदार थारुले सात हजार ८८० मत प्राप्त गरेका थिए ।

उपाध्यक्षमा काँग्रेसकी अमृताकुमारी गच्छदारले नौ हजार ५० मत प्राप्त गरी विजयी भएकी छन् भने उनको प्रतिद्वन्द्वी एमालेका तुलसीकुमारी कुँवरले छ हजार २२३ मत प्राप्त गरेकी थिइन् ।

विगतमा एमालेको वर्चस्व रहेको सो पालिकामा यस वर्षको निर्वाचनमा पाँच वडामा वडाध्यक्ष पदमा काँग्रेस, एमाले र अर्कोमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवारले जित हासिल गरेका छन् ।

जिल्लामा अब नौ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *