स्थानीय तह निर्वाचन-२०७९

जितपुर-सिमरा उपमहानगरमा माओवादी केन्द्र विजयी

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार राजन पौडेल १८ हजार ७४३ मतसहित प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सरस्वती चौधरीले १७ हजार ७७९ मत पाइन् । लोसपाको मेयर उम्मेदवार सञ्जय साहले पाँच हजार ३८२ मत ल्याए ।

त्यस्तै, उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार भोला अधिकारी १७ हजार ४९२ मत ल्याएर निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी काङ्ग्रेसकी मेघा शाही १५ हजार ८४२ मत मात्र पाइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *