समाचार

चाँगुनायणरा नगरपालिका : नेपाली कांग्रेसका जीवन खत्री प्रमुखमा विजयी

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेस र उपप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका जीवन खत्री ९ हजार ५५० मतसहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी विना बास्तोलाले ९ हजार १६० मत प्राप्त गरेकी छिन् ।

यस्तै गरी राप्रपाका रविन्द्र प्रताप शाहले ८ हजार ६७, नेमकिपाका केशव प्रसाद तिमिल्सिनाले ३ हजार २६७ र माओवादी केन्द्रका नरेश खड्काले ८६८ मत प्राप्त गरेका छन् ।

यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेका रमेश बुढाथोकी ११ हजार १०७ मतसहित विजयी बने । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुभद्रा काफ्लेले ९ हजार ७६ मत पाइन् ।

राप्रपाकी मञ्जु कार्कीले ६ हजार ८६, नेमकिपाका कल्पना लामाले ३ हजार ३७४ र माओवादी केन्द्रका चण्डिका पाण्डेले ७९८ मत प्राप्त गर्न सफल भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *