स्थानीय तह निर्वाचन-२०७९

सुवास नेम्वाङको निर्वाचन क्षेत्र इलाम नगरपालिकामा काँग्रेसले कब्जा जमायो

काठमाडौँ । इलाम नगरपालिकाको मेयरमा एमालेलाई हराउँदै नेपाली काँग्रेस विजयी भएको छ । इलामको मेयर र उपमेयर दुवै पदमा काँग्रेस विजयी भएको हो ।

काँग्रेसका उम्मेदवार केदार थापा १३ हजार १६२ मतसहित नगर प्रमुखमा विजयी भएका हुन् । थापाका प्रतिस्पर्धी एमालेका धिरेन कुमार चेम्जोङले १० हजार ५८७ मत पाए ।

त्यस्तै उपमेयरमा विष्णु कुमारी लिम्बुले १३ हजार ५४२ मत ल्याएर विजयी बन्दा एमालेकी सिता कुमारी रिजालले १० हजार ८८ मत ल्याइन् । इलाम नगरपालिका एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निर्वाचन क्षेत्र पनि हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *