स्थानीय तह निर्वाचन-२०७९

मोरङको लेटाङ नगरपालिका र केराबारी गाउँपालिकामा एमाले विजयी

मोरङ । मोरङको लेटाङ नगरपालिका र केराबारी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । लेटाङमा एमालेका भूपेन्द्रकुमार लावती २० हजार २२७ मत ल्याई विजयी भएका हुन् । उप-प्रमुखमा कृष्णकुमारी पोखरेलको पक्षमा ९,४६० मत खसेको छ ।

प्रमुख पदका प्रत्यासी नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकालले ८,१०५ र उपप्रमुखमा नेकपा माओवादीका कृष्णप्रसाद लम्सालले ४, ९५० मत ल्याएका छन् ।

केराबारी गाउँपालिकामा अध्यक्षमा एमालेका सुमन मिरिङचिङ मगर विजयी भएका छन् । उनले ७,८१० मत प्राप्त गरेका छन् । निकटत प्रतिस्पर्धी कांग्रेसका रोहित कार्कीले ६,३९० मत प्राप्त गरे ।

उपाध्यक्षमा नेकपा एमालेकी मनमाया मगर निर्वाचित भएकी छन् । उनले ७,२६७ मत प्राप्त गरिन् । निकटम प्रस्पिर्धी कांग्रेसकी शुभद्रा राईले ६,४२८ मत प्राप्त गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *