स्थानीय तह निर्वाचन-२०७९

काठमाडौं महानगर वडा ७ मा बालेनको अग्रता

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ७ को पनि मतगणना सुरु भएको छ । प्रारम्भिक गणनामा अन्य उम्मेदवारभन्दा बालेन साह निकै अगाडि छन् ।
यस वडाका १०० वटा मत गनिएकोमा स्वतन्त्र उम्मेदवार साहले मात्रै ४८ भोट ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहको पक्षमा २१ मत खसेको छ । तेस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले अहिलेसम्म ८ भोट मात्र ल्याएका छन् ।

हालसम्म काठमाडौंका २ वडाको मतगणना सकिएको छ भने ९ वटा वडाको मतगणना जारी छ । बालेनले १५,९०६ भोट सहित अग्रता लिइरहेका छन् । दोस्रो र तेस्रोमा रहेका स्थापित र सिंहको क्रमशः ८,४२७ र ७,५२ भोट छ । मतगणना काठमाडौंको कोर एरियामा प्रवेश गरिसकेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *