समाचार

चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम अनुमोदन

काठमाडौँ । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

आज (मंगलबार) सुनुवाइसँगै समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन ।

बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न भोलि (बुधबार) बैठक बोलाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *