समाचार

थवाङ झडपपछि सम्पर्कविहीन भएका अझै सम्पर्कमा आएनन्

काठमाडौं । रोल्पाको थवाङमा बिहीबार राति भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जना अझै भेएिका छैनन् । 

थवाङ गाउँपालिका–४ उवा टिकरीबाङमा झडपमा परी थवाङ गाउँपालिका– ४ तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । 

माओवादी केन्द्र र एमाले–कांग्रेस गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएपछि यी दुई जना सम्पर्कविहीन भएका थिए । 

उनीहरु आफन्तको सम्पर्कमा पनि नरहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेले बताए ।

घटनापछि थवाङ– ४ तेलखोलाका साज्जन घर्ती र सोही ठाउँका बुद्धि रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु माओवादी कार्यकर्ताहरु हुन् ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *