सम-सामयिक

वडाअध्यक्षका उम्मेदवार मृत फेला

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-८ का वडाध्यक्षका उम्मेदवार मृत फेला परेका छन् । रामधुनी नगरपालिका-८ बाट स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवारी दर्ता गराएका गणेश पौडेल आफ्नै घर पछाडि मृत फेला परेका हुन् ।

उनी गत विहीबार इनरूवा-४, बसचौकमा मोटरसाइकल सडकमै छाडेर सम्पर्कविहीन भएका थिए । उनी अपहरणमा परेको हल्ला फैलिएको २४ घण्टापछि बिहीबार परिवार र जिल्ला प्रहरी कार्यालय सुनसरीको सम्पर्कमा आएका थिए ।

उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी प्रमुख सञ्जयसिंह थापाले बताए । यसअघि नेपाली कांग्रेसका कार्यकर्ता रहेका पौडेलले वडाध्यक्षमा स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *