राजनीति

बागीलाई भरतपुरबाट प्रचण्डकाे प्रश्न- शान्ति सम्झाैता रुख-हँसिया हथाैडाबीचकाे सहमति हाेइन ?

भरतपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस-कम्युनिष्टबीच ०४६ सालयता नै सहकार्य शुरू भएकाे बताएका छन् । बिहीबार भरतपुरमा आयाेजित चुनावी सभालाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘२०४६ सालकाे जनआन्दाेलनयता रुख र हँसिया हथाैडाबीचकाे सहकार्य शुरू भएकाे हाे । अहिले मात्रै हाेइन । तपाईंहरूलाई किन हँसिया हथाैडा देख्न यत्ति गाह्राे भयाे ?’

उनले त्यहाँ बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पाैडेल, नेता टेक गुरुङलगायतका नेताहरूप्रति इङ्गित गर्दै प्रश्न गरेका छन्, ‘के हिजाेकाे कांग्रेस-माओवादीबीचकाे सहकार्य ठिक थिएन र ? हिजाेकाे शान्ति सम्झाैता ठिक थिएन र ?’ उनले त्यसपछि थपे, ‘के तपाईंहरू यसलाई गल्ती थियाे, गलत भयाे भनेर भन्नुहुन्छ ?’

प्रचण्डले विगतकाे इतिहासलाई पनि नजिकबाट नियाल्न सुझाव नेताहरूलाई दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *