बैतडी । बैतडीमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट वडा सदस्यका एक उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । गए राति डिलासैनी गाउँपालिका-५ का वडा सदस्यका उम्मेदवार ६० वर्षीय हरिराम साउदमाथि खुकुरी खुकुरी प्रहार भएको हो ।
घटनामा संलग्न तीन जनामध्ये एक जना पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी भोला बहादुर रावलले जानकारी दिएका छन् ।
साउदमाथि नेकपा (एमाले) कार्यकर्ताले आक्रमण गरेको माओवादीको आरोप छ । घाइतेलाई थप उपचारका लागि कैलाली रेफर गरिएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।




