समाचार

आठ हजारभन्दा बढीले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । करिब एक लाख ५३ हजार उम्मेदवारी परेकोमा ८ हजारभन्दा बढीले फिर्ता लिएका हुन् ।

उम्मेदवारी कायम रहेकाहरुलाई निर्वाचन चिह्न प्रदान गर्ने काम भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । शुक्रबार स्थानीय तह निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको थियो । स्थानीय तह निर्वाचन यही वैशाख ३० गते हुँदैछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *