समाचार

मनाङमा २ सय ७ जना उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उमेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्‍न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उमेदवारी परेको हो ।

चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उमेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा एकजनाको मात्र मनोनयन दर्ता भएको हो ।

२८ वडा रहेको मनाङमा मनाङका वडाअध्यक्षका लागि ४७ जनाको उमेदवारी परेको छ । महिला सदस्यका लागि ४९ जना, दलित महिला सदस्यका लागि २२ जना र खुला सदस्यका लागि ८२ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

निर्वाचन कार्यालयका अनुसार नार्पाभूमि गाउँपालिकामा २५ जना, चामे गाउँपालिकामा ४२ जनाको उमेदवारी परेको छ । नासों गाउँपालिकामा ६७ जनाको उमेदवारी परेको छ भने ङिस्याङ गाउँपालिकामा ७३ जनाको उमेदवारी परेको छ ।

मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिङमर फुन्चो लामाको एकल उम्मेदवारी परेको छ । निर्विरोध लामा यसअघि वडा नं। २ को अध्यक्ष थिए । एमालेले अध्यक्षमा उठाउने निर्णय गरे पनि पछि उनले उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । अध्यक्षमा कांग्रेसबाट हालका अध्यक्ष कोन्जो तेन्जिन लामा र एमाले समर्थक मिङमर सोनाम लामा र स्वतन्त्र उम्मेदार कृष्ण लामाले पनि उम्मेदवारी दिएका छन् ।

ीबतभकत ल्भधक
आर्थिक संकटबीच श्रीलंकामा औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि

एजेन्सी कोलम्बो, १८ वैशाख आर्थिक संकटसँग जुँधिरहेको श्रीलंकाले सामान्य रूपमा प्रयोग हुने औषधिको।।।

त्यमबथ ज्ञण्स्द्दघ बm
सातै प्रदेशमा खुला सभा गर्नेबारे जानकारी दिँदै कांग्रेस

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *