राजनीति

जसपाको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन

सिरहा । स्थानीय तहकाे निर्वाचनकाे प्रचार कार्यक्रममा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धकाे निधन भएकाे छ ।

सिरहाकाे नवराजपुर गाउँपालिका-१ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो । चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि निधन भएकाे प्रहरीले जनाएको छ ।

मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *