राजनीति

काँग्रेसको नेपालगन्जमा मेयर उम्मेदवार प्रशान्त विष्ट

काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट प्रशान्त विष्ट र उपमेयरमा जसपाबाट कमरुद्दिन राईले टिकट पाउने निश्चित भएको छ ।

विष्ट नेपाली काँग्रेस नेपालगन्ज उपमहानगरका सभापति हुन् भने राई जसपाका जिल्ला अध्यक्ष हुन् ।

गठबन्धनबाट मेयरको उम्मेदवार तय भएका विष्टले आज (सोमबार) दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने तयारी भइरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *