भक्तपुर । नेकपा एमालेले भक्तपुरका चार नगरपालिकाका उम्मेदवार टुङ्गो लगाएको छ । एमालेले सूर्यविनायक, मध्यपुर थिमि नगरप्रमुखमा दोहोर्याउने र चाँगुनारायण नगरकी उपप्रमुखलाई प्रमुखको उम्मेदवार बनाउने भएको छ । आइतबार रातिसम्म बसेको एमालेको बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।
एमालेबाट सूर्यविनायक नगरपालिकाको प्रमुखमा बासुदेव थापा र उप प्रमुखमा सरिता भट्टराई, मध्यपुर थिमिको प्रमुखमा मदन सुन्दर श्रेष्ठ र उप प्रमुखमा उत्तरा नेपाल उम्मेदवार हुने भएका छन् ।
त्यसैगरी चाँगुनारायण नगरपालिकाले प्रमुखमा बिना बास्तोला र उपप्रमुखमा रमेश बुढाथोकी छनोट भएका छन् । त्यस्तै भक्तपुर नगरपालिकाको प्रमुखमा रबिन्द्र लाछिमस्यु र उप प्रमुखमा रन्जना खर्बुजाको उम्मेदवारी तय भएको छ ।




