राजनीति

गठबन्धन सन्तोषजनक भएन, दम्भ देखियो : रामकुमारी झाँक्री

काठमाडौं । शहरी विकासमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले चुनावी तालमेल सन्तोषजनक र सम्मानजनक नभएको गुनासो गरेकी छन् । सत्ता गठबन्धनमा आबद्ध पाँचमध्ये एक पार्टीकी नेत्रीले यस्तो टिप्पणी गरेकी हुन् ।

आइतबार राति चुनावी गठबन्धनबारे आफ्नो धारणा ट्वीट गर्दै उनले गठबन्धनका दलहरूबीचमै पनि हार्दिकतापूणर् वातावरण बनाउन नसकेको उल्लेख गरेकी छन् । सत्ता गठबन्धनका नेताहरूबीचको वार्ता र छलफलमा दम्भ देखिएको उनले गुनासो गरेकी छन् ।

आसन्न स्थानीय तह निर्वाचनको तालमेलका सन्दर्भमा गठबन्धनका केही नेताको अभिव्यक्ति अस्वाभाविक लागेको उनले संकेत गरेकी छन् । उनले चेतावनीपूणर् शैलीमा ‘एक दिन यसको हिसाब मिलान गर्नुपर्नेछ’ भनेकी छन् ।

‘गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन । गठबन्धनका दलहरूको बीचमा हामीले आफैभित्र पनि हार्दिकतापूणर् वातावरण बनाउन सकेनौं । हाम्रा वार्ता, संवादमा केही दम्भ देखियो’, उनले लेखेकी छन्, ‘योबीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ, एक दिन यसको हिसाब मिलान गर्नुपर्नेछ । बस !’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *