कैलाली । अघिल्लो चुनावमा पनि स्वतन्त्र उम्मेदवार बनेर निकटतम प्रतिद्वन्द्वी बनेका गोपाल हमालले फेरि धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।
आज (आइतवार) धनगढीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर हमालले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । २०७४ सालको स्थानीय तह चुनावमा धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवारी दिएका हमाल कांग्रेसका नृपबहादुर वडसँग पराजित भएका थिए ।




