राजनीति

पोखरामा कांग्रेस कार्यकर्ताले पार्टी पदाधिकारीलाई कार्यालयमा थुने

पोखरा । पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनिदिएका छन् ।

सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनु पर्ने माग गर्दै आएका उनीहरुले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला थुनिदिएका हुन् । सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ ।

कांग्रेसका जिल्ला सचिव भानु ढकालले आफूहरु कार्यालयभित्रै थुनिएको जानकारी दिएका छन् । ‘भित्र बैठक चलिरहेको छ । कार्यकर्ताहरु आएर थुनिदिनु भएको छ । बाहिर निस्किन दिनु भएको छैन,’ उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *