काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले नेपालले प्रकाशित गरेको नयाँ नक्सा र सीमा विवाद बारेमा नेपालको स्पष्ट दृष्टिकोण र अडान भारत सरकारसँग राखेको जनाएको छ ।
चुनावी घोषणापत्रमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले नेपालले प्रकाशित गरेको नयाँ नक्सा र सीमा विवाद बारेमा नेपालको स्पष्ट दृष्टिकोण र अडान भारत सरकारसँग राखेको भनिएको छ ।
घोषणापत्रमा भनिएको छ, ‘उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवादमार्फत नेपाल-भारतबीच रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा सुस्तालगायत सबै क्षेत्रका सीमा विवाद समाधान गरी नेपालको राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमिकता र सीमा सुरक्षा गर्न नेपाली कांग्रेस कृतसंकल्पित छ ।




