राजनीति

एमाले र परिवार दलबीच पनि तालमेलको सहमति, सूर्य चिह्नबाटै चुनाव लड्ने

काठमाडाैं । आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र परिवार दलबीच तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ ।

एमालेका तर्फबाट स्थानीय विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका तर्फबाट सन्तोषकुमार पौडेलले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

आज भएको पाँच बुँदे सहमति अनुसार तालमेल सम्भव भएको पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, परिवार दलले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा नेकपा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको हो ।

यस्तै एमाले र परिवार दलका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने र तालमेलका सम्बन्ध निर्णय गर्ने, परिवार दलका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि परिवार दलमै आबद्ध रहने सहमति पनि भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *