काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह निर्वाचनका लागि चैत २८ गतेभित्र उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको छ ।
स्थानीय तहको निर्वाचन स्थानीय तहका प्रमुख र उपप्रमुख एवं वडाध्यक्षलगायत उम्मेदवारको नाम सिफारिसका लागि निर्देशन दिइएको हो ।
पार्टीका वडा र पालिकास्तरबाट उम्मेदवारको सिफारिस २८ चैतभित्र केन्द्रमा पठाइसक्न निर्देशन पठाइएको कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । उनका अनुसार स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै लोसपाका केन्द्रीय पर्यवेक्षकहरु जिल्ला जिल्लामा खटिएका छन् । उनीहरुले त्यहाँ प्रशिक्षणात्मक र अन्य कार्यक्रम गरिरहेका छन् ।
बिहीबार जिल्लाहरुमा लोसपाका केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा विस्तारित बैठकहरुसमेत आयोजना गरिएको छ ।




