राजनीति

एमसीसी पक्षधरलाई गाउँबाट लखेट्ने विप्लव माओवादीको अभियन

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सुरु गर्ने बताएका छन् । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै विप्लवले संसदबाट देशविरुद्ध अपराध गरेकालाई गाउँबाट लखेट्ने अभियान सुरु गर्ने बताएका हुन् ।

देशविरुद्ध अपराध गरेको भन्दै एमसीसी पक्षधरलाई गाउँबाट लखेट्नु पर्ने उनले बताए । ‘एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ । जसले संसदबाट हाम्रो देशविरुद्ध अपराध गरेका छन्,’ उनले भने, ‘मालिकहरुसँग मिलेमतो गरेर यो देशलाई लिलाम गर्न खोजेका छन् । त्यो राष्ट्रघाति प्रवृत्ति, देशघाती प्रवृत्तिविरुद्ध क्रान्तिकारीहरु एकताबद्ध गर्ने अभियानमा छौं ।’

विप्लवले देशभक्त र देशघातीबीच ध्रुविकरपण भएको बताए । उनले यो लडाईँमा प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुनुपर्ने बताए । सामन्तवादलाई गाउँगाउँबाट लखेटनुपर्ने भन्दै नयाँखालको विद्रोह आवश्यक रहेको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *