काठमाडौं । १०६१ मेघावाट क्षमताको अपर अरुण जलविद्युत परियोजनामा लगानी जुटाउन सरकारले पहल शुरु गरेको छ ।
मंगलबार उर्जामन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्माले आयोजनाका लागि लगानी गर्नेबारेमा राष्ट्रिय लगानीकर्ताहरुसँग छलफल गरेका हुन् ।
नेपाल विधुत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो–इलेक्ट्रिक लिमिटेड नामक कम्पनी गठन गरेर सरकार आफैले परियोजना निर्माणको काम शुरु गर्ने तयारी छ ।




