काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले सबै गैर आवासीय नेपालीहरुबीच एकता आवश्यक रहेको बताएका छन्।
मंगलबार एनआरएनएको १० औं विश्व सम्मेलनको उदघाटन समारोहमा बोल्दै घलेले सबै नेपाली बीच पार्टनरसीपको आवश्यकता रहेको भए पनि एकता हुन नसकेको उनले बताए ।
अर्थमन्त्रीसहित प्रतिनिधिहरुले आफूलाई विश्वास गरेर उपस्थित भइदिएको र यसले आफूहरुलाई उत्साहित बनाएको उनले बताए । बोल्ड डिसिजन गरेर उपस्थित भएको भन्दै उनले अर्थमन्त्री शर्माको प्रशंसा गर्ने क्रममा घलेले उनलाई भविष्यको प्रधानमन्त्री समेत भने ।
कार्यक्रममा बोल्दै अहिले संस्थामा भूकम्प गएको र भूकम्पले आफूले धेरै कुरा सिकेको घलेले बताए ।
धेरै देशहरुमा भ्रमण बन्देज हुँदा पनि प्रतिनिधिहरु आएको भन्दै उनले खुसी व्यक्त गरेका छन् ।
२५ र ३० देशहरुबाट एनआरएन प्रतिनिधिहरु उपस्थिति भएको जानकारी उनले दिए। विश्व सम्मेलनको अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका छन् ।




