काठमाडौं । पाटन उच्च अदालतले गैरआवासीय नेपाली संघको चुनाव रोक्न अन्तरिम आदेश दिएको छ ।
संस्थापन पक्षबाट चयन भएका प्रतिनिधि अवैध भएको र १० औं अधिवेशन आफूहरुको सहभागीताबिना हुन लागेको भन्दै रोक्न माग गर्दै अदालतमा रिट दायर भएको थियो ।
रिटमाथि सुनुवाई गर्दै पाटन उच्च अदालतले चैत ९ गतेसम्म महाधिवेशनको प्रक्रिया रोक्न आदेश दिएको हो ।




