समाचार

प्रधानमन्त्रीले भने– प्रहरीको हत्यामा संलग्नलाई कारबाही गर्छौं

काठमाडौ. । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा एक प्रहरी जवानको हत्या भएको घटनाका दोषीलाई कारबाही गर्ने बताएका छन् ।

सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास गर्दै प्रधानमन्त्री देउवाले कारबाही गर्ने बताएका हुन् ।

एक महिला प्रहरी जवानको ज्यान जानेगरी मोरङमा आइतबार भएको झडपपछि प्रहरीले सोमबार बिहान पाँच जनालाई पक्राउ गरेको छ ।

झडपपछि स्थिति तनावपूर्ण बनेकाले कर्फ्यू लगाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *