राजनीति

राप्रपा नेपालले ‘तात्विक’ असर गर्दैनः राप्रपा प्रवक्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता सगुनसुन्दर लावतीले हिन्दूवादी नेता कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनमा पार्टीलाई ‘तात्विक’ असर नपार्ने दाबी गरेका छन् ।

देशव्यापी रूपमा पार्टी संगठन विस्तार गर्न नसकेको, उनीसँग केही नेता मात्रै राप्रपाबाट गएको र अर्कोतिर ‘विभाजनकारी नेता’को छवि पनि भएकाले निर्वाचनमा खासै असर नगर्ने उनले बताएका हुन् । उनले भने, ‘१०/२० भोट तलमाथि होला तर हामीलाई असर गर्ने देखिँदैन ।’

२०७४ मा भन्दा बढी स्थानीय तहमा पार्टीले विजय हाँसिल गर्ने पनि उनको दाबी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *