राजनीति

बारा कांग्रेस सभापतिमा यादव निर्वाचित

कलैया । नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मतप्राप्त गरी निर्वाचित भएका छन् । उनको प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाएका थिए ।

प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिए । नवनिर्वाचित सभापति यादवले पार्टीका नेता तथा कार्यकर्ता सबैलाई मिलाएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले भने “ स्थानीय तहका निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन मिलेर जानुपर्छ ।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *