समाचार

बालकोट पुगे गृहमन्त्री खाण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुगेका छन् ।

एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाँड ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।

त्यस्तै ८ गते एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै एमसीसीविरोधी प्रदर्शनकारीले ढुंगा हानेको विषयमा पनि कुराकानी हुने बताइएको छ । ओलीले आफूलाई लक्षित गर्दै ढुंगा प्रहार भएपछि गृहमन्त्रीको भूमिका माथि प्रश्न उठाएका थिए ।

प्रधानमन्त्री देउवा र ओलीबीच हिजो भेटवार्ता भएको थियो । उक्त भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *