काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।
एमसीसी संसदमा टेवल गर्ने बारेमा सत्ता गठबन्धनको बैठकमा सहमति कायम नभएपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्नका लागि बालकोट पुगेका थिए ।
भेटमा भएको छलफल सार्वजनिक भइसकेको छैन । तर एमाले अध्यक्ष ओलीसँगको प्रधानमन्त्रीको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।
ओली निवास बालकोटमा प्रधानमन्त्री देउवा पत्नी आरजु राणा देउवा समेत पुगेकी थिइन् ।




